कैलाली/ कैलाली जिल्लाको भजनी नगरपालिका–५ लालबोजीमा मोटरसाइकल दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ।
साेमबार दिउँसो सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कलालीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारकाे क्रममा मृत्यु भएको हाे । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीकाे भनाइ छ ।











