मनमाेहन ठकुल्ला, डाेटी
कृषि ज्ञान केन्द्र डाेटीका अनुसार डाेटीमा ६ हजार ७ सय ७६ हेक्टर खेतीयोग्य जमिन बाँझाे रहेकाे छ । कुल खेति याेग्य जमिन र खेती गरिएकाे जमिनलाई तुलनात्मक ढंगबाट नियाल्दा यस्ताे देखिएकाे हाे ।
प्राप्त तथ्यांक अनुसार जिल्लाभरी कुल खेतीयोग्य जमिन ३२ हजार २ सय ७६ हेक्टर रहेकाे छ भने हाल खेती गरिएकाे २५ हजार ५ सय हेक्टर जमिन मात्र रहेकाे छ ।
कृषि ज्ञान केन्द्र डाेटीका निमित्त कार्यालय प्रमुख गंगा दत्त अवस्थीका अनुसार जिल्ला भरी कृषि पेशामा आत्मनिर्भर कुल जनसंख्याकाे ८१.०० प्रतिशत कृषि पेशामा संलग्न रहेकाे जानकारी दिएकाे छ ।
जिल्लामा खेतीयोग्य जमिन दिनानुदिन बाँझाे हुनुका मुख्य कारण मध्ये बसाइँसराइ, जंगली जनावर,सिचाइ अभाव रहेकाे निमित्त प्रमुख अबस्थीले जानकारी दिएकाे छ । जमिन बाँझो रहुनुका अन्य कारण मध्ये कृषिमा काम गर्ने जनशक्तिकाे अभाव, जनशक्ति वैदेशिक राेजगारीकाे पलायन हुने कारणले खेतीयोग्य जमिन बाँझो हुँदै गएकाे उनले बताए । प्रायः विगतमा कृषि पेशामा संलग्न व्यक्ति वर्तमान समयमा वैदेशिक राेजगारीमा पलाएन हुँदा छेउछाउमा खेति गर्दै आएकाे छिमेकीकाे जमिन समेत त्यसकाे असर परेकाे बताए ।
बाँझाे जमिनका सुधारकाे लागि तीनवटै सरकार मिलेर बाँझाे जमिनकाे लगत संकलन गर्न गरेर उक्त बाँझाे जमिनमा फलफूल खेती गर्न सकिने अवस्थीले बताए । फलफूल खेती गर्दा दिर्घकालिन आयआर्जनकाे राम्राे स्राेत बन्ने उनले बताएका छन् । बाली खेति भन्दा तरकारी खेतीबाट बढी आमदानी गर्न सकिने उनकाे भनाइ छ ।











