युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल एक वर्षमा काम सक्ने गरी २०७३ सालमा निर्माण सम्झौता भएको थियो। तर पटक पटक म्याद भएर सात वर्ष बिती सक्दा समेत अझै काम अलपत्र छ।

पुल नहुँदा स्थानीय बासीले सास्ती खेप्नु परेको छ। पुल निर्माणको ठेकेदार र निर्माणको नियमन गराउने सडक डिभिजन कार्यालय महेन्द्रनगरका कर्मचारीको मिलेमतो रहेको आरोप स्थानीय बासीले लगाएका छन्। सात वर्षसम्म काम नसक्दा ठेक्का तोडेर अन्य कम्पनीलाई दिन नसक्नु र ठेकेदारसँग कर्मचारीको उठबसका कारण स्थानीय बासीले सास्ती खेप्नु परेको स्थानीय दिलबहादुर खत्रीले बताए

विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले रु पाँच करोड ४७ लाखमा ओदाल खोलाको पुल निर्माणको ठेक्का पाएको थियो। सुरुआतमा विसं २०७४ फागुन १५ गते पुल निर्माण गरिसक्नुपर्ने अवधि थियो। तर पटक पटक म्याद थप गर्दा पनि अहिलेसम्म पुल तयार हुन सकेको छैन। पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत ३० गते काम सक्नुपर्ने भए पनि अझै निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले स्वीकार गरे ।

किन काम हुन सकेन र ठेक्का तोडेर अरूलाई किन दिन सकिएन भन्ने प्रश्नमा उनले जवाफ दिएनन्। सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दा आशै आशामा सास्ती भोगिरहेका छन्।  पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदले बताए।

‘बर्खामा खोला निकै आउँछ। बिरामी तथा विद्यार्थीलाई ओहोरदोहोर गर्नै समस्या हुन्छ’, उनल भने, ‘पुल नहुँदा ज्यान जोखिममा पारेर आवतजावत गर्नुपर्छ।’ ठेकेदार कम्पनीको लापरबाही त हो नै तर कर्मचारीको मिलेमतो विना यस्तो सम्भव हुँदैन त्यसैले अहिलेसम्म पुल निर्माण हुन नसकेको अर्का स्थानीय दिलबहादुर खत्रीले बताए।

‘सुविधा सम्पन्न बाटो तथा पुल नहुँदा कोही बिरामी परे पनि लैजान गाह्रो हुन्छ। एम्बुलेन्स आउन मान्दैन’, उनले भने, ‘समयमै अस्पताल पुर्याउन नसक्दा कतिपयले बाटोमै ज्यान पनि गुमाएका छन्।’ ओदाल खोलामा पुल नहुँदा स्थानीय अहिले खोलाकै धुलाम्य कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन्। पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्लालगायत सो क्षेत्रका स्थानीय लाभान्वित हुनेछन्।

‘पुल निर्माण हुने भनेको यत्रो समय बितिसक्दा पनि अहिलेसम्म बनेको छैन’, स्थानीय गणेश रावतले भने, ‘हामी पीडामा छौँ। अब त पुल निर्माण हुन्छ भन्ने आशा पनि मरिसक्यो।’ ‘पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि नबढाएको कार्यालयले जनाएको छ। उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ’, उनले भने, ‘निर्माणमा लापरबाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ।’ उनका अनुसार पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई ठेक्का छोड्न परिपत्र गर्ने तयारीसमेत भइरहेको छ। पुलको निर्माण गर्नुपर्ने दुई वटा स्पानमध्ये एउटा मात्रै निर्माण सम्पन्न भएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय