कैलाली / कैलालीको धनगढी उपमहानगरपालिका-३ मा लागूऔषधसहित डोटीका दुई युवकलाई प्रहरीले पक्राउ गरिएकाे छ ।
पक्राउ पर्नेमा डोटीको के.आई.सिंह गाउँपालिका-१ बस्ने २० वर्षीय निश्चल शाही र साेही गाउँपालिका-२ का २१ वर्षीय मनोज रावल रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरू दुबै जनालाई आईतवार दिउँसो त्रिनगर पोष्ट अगाडीबाट १३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरिएकाे हाे ।
भारतबाट नेपाल तर्फ आउदै गरेको अबस्थामा प्रहरी चौकी त्रिनगर कैलालीबाट खटेकाे प्रहरी टोलीले चेकजाँच गर्दा खैरो हेरोईन फेला परेपछि पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी स्राेतकाे भनाइ छ ।











