मनमाेहन ठकुल्ला सिलगढी / डाेटीमा सामुहिक जबर्जस्ती करणी गर्ने २ जनालाई कारागार चलान गरिएकाे छ ।
कारागार चलान हुनेमा जिल्लाकाे बडिकेदार २ बस्ने १९ वर्षीय करन साउँद, र साेही ठाउँ बस्ने २६ वर्षीय प्रेम धामी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
उनीहरूले मंसिर १ गते बेलुकी करिव साढे ६ समयमा जिल्लाकाे बडिकेदार गाउँपालीका वडा नम्बर ३ चायाकोट चौरखोला स्थित पानी घट्टमा मकै पिस्न गएको बेलामा एक किशोरीमाथि जबर्जस्ती करणी गरेकाे आराेप थियाे ।
परिबर्तित नामथर सिलगढी ३ ले पीडितलाई सामुहीक जबर्जस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त गरेकाे थियाे । त्यसपछि प्रहरी अनुसन्धान गरी आज (आइतबार ) मंसिर २४ गते सम्मानित जिल्ला अदालत, डोटीको आदेशमा करन साउँद र प्रेम धामीलाई पुपक्षको लागि जिल्ला कारागार चलान गरिएको प्रहरी नायब निरीक्षक नारायण सिह नेगीले जानकारी दिएकाे छ ।
त्यस्तै कानुनको बिंवादमा परेको बालक हाल परिबर्तित जिल्ला ७० बस्ने परिबर्तित नामथर सिलगढी ३ लाई बाल सुधार गृह सिलगढीमा पठाईएको निरीक्षक नेगीले जानकारी दिएकाे छ।
सम्बन्धित समाचार











