कैलाली / कैलालीकाे गोदावरी नगरपालिका–८ स्याउलेमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा करिब ३४ वर्षीय चक्र सार्की रहेकाे कैलाली प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ०१००१ ह ३४८४ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा उनकाे मृत्यु भएकाे
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा शनिबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हाे ।











