डडेल्धुरा / डडेल्धुरामा रुखबाट लडेर गम्भीर घाइते भएका एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा आलिताल गाउँपालिका–७ डाँडीका ४० वर्षीय कर्णबहादुर साउँद रहेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्युु भएको छ । साउँद घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते भएका प्रहरीकाे भनाइ छ ।











