बझाङ / बझाङकाे छबिसपाथिभेरा गाउँपालिकाका एक जनाकाे खरले छाएकाे घरमा आगलागी भएकाे छ । वडा नम्बर ६ उजेर्नी घर भएका बसन्त कडायतको घरमा आगलागी भएको स्थानीयले जनाएको छ ।
कडाएतको दुर्गाथली गाउपालिका वडा नम्बर ५ को गोब्रेथिनारामा रहेकाे घरमा शुक्रबार दिउँसो १२ बजे आगलागी भएको कडायतकाे पारिवारिक स्राेतले जनाएको छ ।
आगलागी बाट घर भित्र रहेका अन्नपात लत्ता कपडा भाडाकुडा जलेर नष्ट भएका छन्। दिउँसो खाना पकाइ रहेका बेला एक्कासी हावा चल्दा आगो घरमा सल्किएकाे थियाे । जङगलमा घास काट्न गएकि महिला र स्थानीयहरुले आगो नियन्त्रणमा लिइएको स्राेतले जनाएको छ ।











