कञ्चनपुर / कञ्चनपुरमा राेकी राखेकाे ट्याक्टरसँग माेटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक पुनर्वास–५ का २१ वर्षीय अभिषेक राना रहेकाे कञ्चनपुर प्रहरीले जनाएको छ । रानाकाे उपचारको क्रममा मृत्यु भएकाे हाे ।
त्यस्तै घाइते हुनेमा १९ वर्षीय अनुप राना र १८ वर्षीया रञ्जिता राना रहेका छन् । अनुपको टाउको, मुख तथा रञ्तिाको दाहिने खुट्टा र दुबै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ। घाइते दुबै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
बिहीवार राति पुनर्वास नगरपालिका–३ रामबस्तीका बम बहादुर तामाङले माइली बजारमा रोकेर राखेको से १ त ४१५९ नम्बरको ट्याक्टरसँग म २ प ४६२५ नम्बरको मोटरसाइकल ठोक्किन पुगेर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।











