मनमाेहन ठकुल्ला सिलगढी / डाेटीकाे शिखर नगरपालिका वडा न ११ तल्लिसातमा बाला चदुर्दशीका दिन यस वर्ष भुवा मेलाकाे अवसरमा डेउडा आयाेजना हुने भएकाे छ ।
भुवा मेला ब्यबस्थापन समिति शिखर तल्लिसातका अनुसार सदाको वर्ष झैँ यस वर्ष यहि मंसिर २५ साँझ देखि २६ गतेसम्म देउडा मेला लाग्ने भएकाे हाे । मेलामा बैतडी का चर्चित डेउड्या कलाकार रघुबिर सिङ धामी र चुरे कैलाली की चर्चित डेउड्या कलाकार धनसरा साउद बीच घम्साघम्सी डेउडा हुने जानकारी दिएकाे छ ।
साथै मेलालाई सभ्य, भब्य र मर्यादित बनाउन मेला अवधिभर तल्लिसात क्षेत्रमा जुवातास खेल्ने खेलाउने तथा जाड रक्सी बिक्रीवितरण कार्य पुर्ण रुपमा बन्द गरिएको जानकारी दिएकाे छ । यदि कसैले मेला बिथोल्ने कार्य गरेकाे पाइएमा समितिले कडाभन्दा कडा कार्बाही गर्ने आयाेजक समितिले जानकारी दिएकाे छ । डेउडा मेला अवधिभर जाँडरक्सी बिक्रीवितरण गर्नेलाई रू १५ हजार, खानेलाई रू ५ हजार र जुवातास खेल्ने र खेलाउनेलाई २ हजार जरीवाना समेत समितिले ताेकेकाे छ ।











