सिलगढी / हाल देशमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव कायम रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ। त्यस्तै सुदुरपश्चिमकाे माैसम आज भने सामान्यतया सफा रहेकाे छ ।
राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।











