बैतडी / जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएकाे छ ।
माथिल्लो निकायबाट राष्ट्रिय परिचयपत्र विवरण पेस भई पहिलो चरणमा १० हजार परिचयपत्र तयार भएर जिल्लामा आइपुगेपछि प्रशासनले वितरण काम सुरु गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
प्रशासनका अनुसार ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले वितरण राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने भएकाे छ । कार्यालयका अनुसार सबैलाई संगै वितरण गर्दा भिड हुने भएकोले मोबाइलमा सन्देश पठाएर वितरण गरिने भएकाे छ ।
अब समाजिक सुरक्षा भत्ता र राहदानी बनाउन अनिवार्य राष्ट्रिय परिचयपत्र लिएकाे हुने पर्ने भएकाे छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हाे ।
परिचयपत्रकाे फाराम सुची अनुसार वैयक्तिक र जैविकका आधारमा परिचय सूची तयार पारिएकाे हुन्छ । त्यसैका आधारमा वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान्– श्रीमतिको नाम, स्थायी–अस्थायी ठेगाना पर्दछन् भने जैविक विवरण अन्तर्गत औँठाछाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ ।











