कञ्चनपुर / कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कैलाली धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सुपप्र ०१०१०प३८८ नम्बरको माेटरसाइकलकाे पछाडि सवार रहेका चाैधरी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनकाे उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा बुधबार मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
त्यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार भइरहेको प्रहरीकाे भनाइ छ ।
माेटरसाइकल कञ्चनपुर कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा अनियन्त्रित भएर सोमबार राति सवा १० बजे दुर्घटना भएकाे थियाे । मोटरसाइकल इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।











