डोटी,मंसिर २०
सुनास नेपाली भैरब प्रसाद गणका गणपति प्रमुख सेनानीद्वारा एन सि सि तालिमको निरीक्षण भ्रमण गरिएको छ । आ.व. २०८०/८१ को राष्ट्रिय सेवादल कार्यक्रम अनुसार डोटी जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नं. ७ सलेना स्थित श्री नवदिप विद्या निकेतन बोर्डिङ्ग स्कुलमा गत श्रावण ०१ गतेबाट संचालन भईरहेको एन सि सि क्याडेट जुनियर डिभिजन तालिमको मंसिर १९ गते डोटी जिल्लाको सिलगढीमा तैनाथ नेपाली सेना श्री भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी श्री परिक्षित देउजाले निरीक्षण भ्रमण गर्नु भएको हो ।
निरीक्षण कार्यक्रममा उक्त गणका अधिकृत, एन सि सि क्याडेट तालिममा तालिमरत छात्र/छात्राहरुका अभिभावक, स्थानिय जनप्रतिनिधि, विद्यालयका शिक्षक/शिक्षिका तथा विद्यार्थी लगायत अन्य सर्वसाधारण व्यक्ति गरी करिब-६० जनाको सहभागिता रहेको थियो ।
निरीक्षणको दौरान तालिमरत एन सि सि क्याडेटहरुले तालिममको समयमा सिकाईएका खालि हात ड्रिल, खुकुरी ड्रिल लगायत अन्य ड्रिलहरु प्रदर्शन गरेका थिय ।
तालिममा सहभागि क्याडेट छात्रछात्राहरुलाई मिति २०८०/ माघ ०२ गते देखि २२ गतेसम्म श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बांकेमा बार्षिक सामुहिक क्याम्प संचालनमा समेत सहभागि गराईने भनि श्री भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी श्री परिक्षित देउजाले जानकारी दिनु भयो ।











