कैलाली / कैलालीकाे धनगढी ६ लेन सडक खण्डमा भारतीय नम्बरको गाडी दुर्घटना भएको छ।
साेही ठाउँ भाट भटेनी अगाडी भारतीय एच ४ सी टी ९६५४ नम्बरको गाडी दुर्घटना हुँदा गाडी पूर्णरूपमा क्षति भएकाे छ ।
साथै मिडियमा लगाएक तारजालीसहित २० वटा पोल भाँचिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गाडी दुर्घटना हुँदा मानवीय क्षति भने भएको छैन्। गाडीलाई नियन्त्रणमा लिएकाे र थप विवरण आउन बाँकी रहेको प्रहरीकाे भनाई छ ।











