बैतडी / बैतडीकाे डिलाशैनी गाउँपालिका–३ मा एक जना मृत फेला परेका छन्।
मंगलबार मृत फेला पर्नेमा जिल्लाकाे तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनी दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको हुन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











