कैलाली / कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ अवस्थित एक घरमा आगलागी भएको छ।
जिल्लाकाे साेही ठाउँ सडकपुरका ४२ वर्षीय धनीराम देवकेटाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । विद्युतको तार सर्ट भएर घरमा आगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको जनाएको छ ।
दुई कोठे दुई तले घरमा लागेको आगोबाट खाद्यान्न, लत्ताकपडा लगाएतका सामान जलेका छन। घर पूर्ण रूपमा जलेको प्रहरीले बताएको छ।











