युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / आलु खेति गर्ने किसानहरूलाई कृषि ज्ञान केन्द्र डोटीले ‘डढुवा’ रोगबाट बच्न अनुरोध गरेको छ ।

जिल्ला भित्र विभिन्न कलष्टरहरुमा आलु खेती भएको र कलष्टरमा गरिएको आलू खेतिमा हाल मौसम परिवर्तन भइरेहको हुदा, आलुमा डढुवा रोग लाग्ने सम्भावना हुने भएकाले त्यसकाे रोकथाम गर्न आलु खेति गर्ने कृषकहरुलाई सूचनामनर्फत अनुरोध गरिएकाे छ ।

प्रकाशित सुचना अनुसार १० देखी २० डिग्री सेल्सियस तापक्रम, ८० देखी ९० प्रतिशत आद्रता र दिउसो बादल र कुहिरो लागेमा आलु खेतीमा डढुवा राेग लाग्न सक्ने हुन्छ ।  छिनछिनमा पानी पर्नु, रातमा अत्यधिक मात्रामा शीत पर्नु र हल्का हावा चल्नु पनि डढुवा रोगको लागि अनुकूल वातावरण रहेकाे जानकारी दिएकाे छ ।

डढुवाको लागि अनुकूल वातावरण भएमा डाइथेन एम–४५ को धुलो २ दशमलव ५ ग्राम प्रति लिटर पानीमा मिसाइ ७ दिनको फरकमा पात भिज्ने गरी छर्ने गर्नु पर्दछ । तर रोग देखिन थालेपछि क्रीनोक्सिल, रिडोमिल, कपर अक्सिक्लोराइड १ दशमलव ५ ग्राम प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा पात भिज्ने गरी छर्ने र डाइमिथोमोर्फ वा सेक्टीन २ ग्राम प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा पातको तलपट्टिको भाग भिज्ने गरी छर्नुपर्दछ ।

अबको समय डढुवा रोगको लागि मौसम अनुकूल हुने भएकाले कृषकहरूले समयमै सजगता अपनाउनुपर्ने कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गा दत्त अवस्थीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय