मनमाेहन ठकुल्ला, सिलगढी / डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेनामा नसर्ने राेग व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएकाे छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल,डोटीले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्यक्रम अन्तर्गत गाउघर/सहरी स्वास्थ्य क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम संचालन गरेकाे हाे ।
पछिल्लो समयमा खानपान तथा विलासी जिवनशैलीका कारण सर्ने राेग भन्दा नसर्ने रोग बढिरहेको समयमा जनतालाई गाउँघरमै पुगेर नसर्ने रोग सम्बन्धी परामर्श तथा व्यवस्थापन गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दिपायलले जानकारी दिएकाे छ । पहिले दिन क्लिनिकमा विभिन्न रोगका ७२ बिरामीले सेवा लिएकाे जानकारी दिएकाे छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका वैद्य (योग प्रशिक्षक) बलदेव जोशीका अनुसार क्लिनिकमा विशेष गरि दम, श्वासप्रश्वास सम्बन्धि विकार, वाथ, हातखुट्टा दुख्ने, अम्लपित्त, मधुमेह, उच्च रक्तचाप, छाला सम्बन्धि समस्या लगाएत नसर्ने रोगहरुका विरामि बढी मात्रामा पाइएको बताए ।
अब देखि उक्त कार्यक्रम प्रत्येक १५-१५ दिनमा संचालन गरिने वैद्य जाेशीले जानकारी दिएकाे छ। उक्त क्षेत्रमा पुरुष भन्दा महिलाहरुले रोग पालेर बस्ने र उपचारमा बेवास्ता गर्ने प्रवृति बढि देखिएकाे जाेशीले बताएका छन् ।
यसरी आयुर्वेद स्वास्थ केन्द्रले अबकाे १५/१५ दिनमा एक दिने क्लिनिक सञ्चालनमा ल्याउने भएपछि स्थानीय खुसी भएका छन् ।












