कैलाली / जिल्ला प्रहरी कार्यालय कैलालीमा एक थुनुवाले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
चोरीको मुद्धामा यहि भदौ २२ गते धनगढी उपमहानगरपालिका –१ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन ।
उनले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको दिनेश खबरले समाचार छापेको छ ।