कञ्चनपुरः कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–१ मा एक बाख्रा गोठमा आगलागी भएको छ।
साेमबार बिहान साेही ठाउँ भैँसरीका प्रदेशु चौधरीको गोठमा आगलगी भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट १ खसि मरेको छ भने २ खसि घाइते भएका छन् । त्यस्तै गोठभित्र रहेका पाइप, काठ , धान जलि करिब १ लाख ५० हजार बराबरको क्षती भएको प्रहरी स्राेतकाे भनाइ छ ।
गोठ बाहिर भुसामा बालेको आगो गोठमा सल्कन गई आगलागी भएकाे हाे । आगलागी प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाले जनाएको छ ।











