
काठमाण्डौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । आन्तरिक किचलोका कारण झण्डै डेढ महिनादेखि स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो ।
विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरेपछि स्थायी कमिटीको बैठकबाट आज टुङ्ग्याउन अनुमान गरिएको छ । त्यस्तै पार्टीका नेता कार्यकर्ताले नेताका विरुद्धमा जताभावी सामाजिक संजालमा लेख्न नपाउने भन्ने विषयमा पनि निर्णय हुने सम्भावना रहेको नेकपा श्रोतले जनाएको छ ।
असारमा सुरु भएको बैठक विवादकै बीच पनि साउन १३ गतेसम्म बसेको थियो । तर त्यसपछि बैठक बस्न सकेको थिएन । आज बस्ने बैठकले आन्तरिक विवाद समाधान गर्ने विश्वास गरिएको छ ।