डडेल्धुरा / डडेल्धुराकाे बसपार्क नजिक एकजना मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका संचालक ३५ वर्षीय शेर शाहु मृत फेला परेका छन् । फ्रेस हाउसको तल्लो तलामा उनको डेरा रहेको र शाहु आफ्नै डेरामा मृत फेला परेको डडेलधुरा प्रहरीकाे भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी हुने भएको छ । मृत फेला परेका शाहुको घर अजयमेरु गाउँपालिका वडा नम्बर ३ चनाली हो ।











