युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी, जिल्ला प्रशासन कार्यालयमा दरबन्दी अनुसार कर्मचारी उपलब्ध नहुँदा सेवा प्रवाहमा समस्या भएको छ भने सेवाग्राही मर्कामा परेका छन् । अर्धन्यायिक निकायका रूपमा सेवा प्रवाह गर्दै आएको प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सर्वसाधारणलाई सेवा प्रवाह, नियमित बजार अनुगमन, उजुरी तथा छानबिन गर्न समस्या देखिएको छ ।  

प्रशासन कार्यालयमा एक जना उपसचिव, एक जना शाखा अधिकृत, एक जना नायब सुब्बा, तीन जना खरिदार र एक जना कम्प्युटर अपरेटरको दरबन्दी छ । तर कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताउनुभएको हो । सीमित कर्मचारी भएकाले नागरिकता र राहदानी लिन आउनेलाई सेवा दिन  दिनभर लाग्ने गरेको उहाँले बताउनुभयो । 

बजार अनुगमन तथा प्रशासनमा परेका अन्य उजुरीको छानबिन गर्न नसकिएको बजार निरीक्षकसमेत रहनु भएका सूचना अधिकारी बोहराले बताउनुभयो । प्रशासन कार्यालयमा सेवाग्राहीको भिड लागे पनि दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । 

तीन जना खरिदार र एक जना कम्प्युटर अपरेटर अन्य कार्यालयबाट काजमा ल्याएर काम सञ्चालन गर्नु परेको गुनासो प्रमुख जिल्ला अधिकारी पन्थीले गर्नुभयो । प्रशासन कार्यालयमा दसैँतिहारपछि दैनिक दुई सय जना सेवाग्राही आउने गरेका छन् । पछिल्लो समय राहदानीसँग सम्बन्धित सेवा निःशुल्क गरिए पनि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको उहाँले बताउनुभयो । “प्रशासन कार्यालयको जिम्मेवारी थपिँदै गएको छ,” उहाँले भन्नुभयो, “दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भएको छ ।”

“राहदानी, राष्ट्रिय परिचयपत्रका लागि आवश्यक सेवा निःशुल्क दिइरहेका छौँ, एक जना प्राविधिक कर्मचारी काजमा ल्याएर काम चलाउनु परेको छ,” उहाँले थप्नुभयो । प्रशासन कार्यालयमा खटाएका कर्मचारीको समेत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूखुसी सरुवा गर्दा झन् समस्या भइरहेको बताइएको छ । 

कार्यालयमा रिक्त रहेका दरबन्दीका सम्बन्धमा आवश्यक जानकारी लोक सेवा आयोगमा पठाउने गरिएको छ । पछिल्लो समय कर्मचारीको दरबन्दी पूर्ति भए पनि कर्मचारी नआइदिँदा समस्या भएको बताइन्छ । प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुका साथै राहदानी, विभिन्न किसिमका सिफारिस, नाबालिक परिचयपत्र, राष्ट्रिय परिचयपत्रलगायतका सेवा प्रदान गरिँदै आएको छ । 

बजार अनुगमन, अखाद्य वस्तुको बिक्री नियन्त्रण, कालोबजारी रोकथामलगायत अन्य उजुरीमाथि छानबिन गर्न जनशक्ति अभाव देखिएको छ । मुख्य प्रशासनिक निकायमा दरबन्दी अनुसार कर्मचारी नहुँदा समस्या भइरहेको बताइएको छ ।गाेरखापत्रअनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय