कञ्चनपुर / कञ्चनपुर जिल्लाकाे भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर नजिकबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरिएकाे छ ।
पक्राउ पर्नेमा वेदकोट नगरपालिका–६ का २४ वर्षीय प्रदिप मार्कण्ड र २४ वर्षीय निश्चल केसी रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरूलाई शनिबार राति एक ग्राम ८३ मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका बेला उनीहरूलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको हाे ।
त्यस्तै बेदकोट नगरपालिका–१० सिसैयाका २३ वर्षीय आकाश ठगुन्ना पनि पक्राउ परेको प्रहरीले जनाएको छ।











