काठमाण्डौ /अष्ट्रेलिया र इङ्ल्याण्डबीचको एक दिवसीय क्रिकेट पहिलो खेल आज बेलुकी पौने ६ बजे इङ्ल्याण्डको ओल्ड ट्राफोड मैदानमा हुँदैछ ।
औंलामा चोट लागेका कारण अष्ट्रेलियासँगको अन्तिम टी ट्वेन्टी गुमाएका मोर्गनले आजको खेल्ने भएका छन् । त्यस्तै इङ्ल्याण्डका इयान मोर्गन संगै ज्यासन रोयले पनि खेल्नेछन् ।
अष्ट्रेलियासँग खेल्दा जहिले पनि सतर्क हुनुपर्ने तर अहिलेको अवस्थामा इङ्ल्याण्ड नै बलियो रहेको मोर्गनले बताएका छन् ।