सिलगढी,
पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको १४ सदस्यीय टोली घोषणा गरिएको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार किरनकुमार ठगुन्नाको कप्तानीमा टोली सार्वजनिक गरिएको हो। टोलीमा गजेन्द्र बोहरा, किरन धामी, रोशन साउद, आयुश द्वारिया, लोकेन्द्र चन्द, मिलन बोहरा, आशिष तिरुवा, सौर्य श्रेष्ठ, सुशील रावल, टेक रावत, कैलाश ऐर, लोकेन्द्र ऐर र दीपक टमटा समावेश छन्।
उक्त टोलीले नवलपरासीको गैँडाकोट नगरपालिकाको प्रवर्द्धनमा, नव जागरण ग्रामीण विकास केन्द्रको आयोजनामा तथा नवलपुर जिल्ला क्रिकेट सङ्घको सह–आयोजनामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा विजेता टोलीले ३ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।











