सिलगढी/ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आज शनिबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेकाे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेशकाे माैसम सामान्यतया सफा रहेकाे महाशाखाले बुलेटिनमा उल्लेख गरिएकाे छ ।
हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएकाे छ ।
त्यस्तै आइतबार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।











