कैलाली / सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाकाे लम्की चुहा नगरपालिका–१० अबस्थित बंगुरमा पहिलो पटक रेविज पुष्टि भएको छ।
बिहीबार मरेको बंगुरको मस्तिष्कको नमूना परिक्षण गर्दा रेविज पुष्टि भएकाे हाे ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार बंगुरमा रेविज अन्वेषण भएको यो पहिलो घटना हाे । साथै बिहीवार नै कञ्चनपुरको बेलौरीबाट लिइएको स्यालको मस्तिष्कको नमूनामा पनि रेविज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ ।











