युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / अरु पार्टीका नेता कार्यकर्ताहरुले हल्ला मात्र गर्ने गरेकाे भए पनि आफुहरुले काम गर्ने गरेकाे नेकपा माओवादी केन्द्रका नेता खगेन्द्र साउद केविले बताएका छन् ।

नेकपा माओवादी केन्द्रले संचालन गरेकाे विशेष रुपान्तरण कार्यक्रममा अन्तरगत दिपायल सिलगढी नगरपालिका नगर संगठन कमिटीले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उक्त पार्टी प्रदेश सदस्य तथा कमान १ का सहईन्चार्ज समेत रहेका नेता साउदले यस्ता बताएका हुन् ।

साउदले भने- दिपायल सिलगढी नगरपालिकाकाे मात्रै कुरा गर्ने हाे भने पनि नेपाली काग्रेश, एमाले, भन्दा बढी हामिले काम गरेका छाै । कल्पना भन्दा बाहिर उठेर पानीकाे समस्या रहेकाे डाडा डाडा मा खानेपानी पुराएका छाै । गाउमा हाेईन टाेल बस्तिमा सड्क पुराउनु पनि हाम्रै पार्टीकाे देन हाे ।

साउदले अघाडि भने – सुदुरपश्चिम प्रदेश सरकारकाे संस्थापक मुख्यमन्त्री हाम्राे पाटीबाट बन्नु भयाे । पुर्व मुख्यमन्त्री त्रिलाेचन भट्टका पालामा डाेटी क्याम्पसमा भवन निर्माण भएकाे छ, डाेटी अस्पतालमा भवन निर्माण भएकाे छ, पिपल्ला दिपायलकाे खानेपानी समस्या समाधानका लागि सेती नदिबाट पानी लिप्टिङ्ग गरेर वितरण भएकाे छ, कलेनामा दुई गाउँ जाेडने पुल बनेकाे छ, घटालीमा पुलका लागि काम हुदैछ, नारिदाङ्गमा पुल बन्दैछ, घाेल्ताडा, गासेडा, तिखामा खानेपानी समस्या समाधानका लागि काम भएकाे छ ।

उनले अघाडि भने- अरुले कुरा गर्छन् हामिले काम गर्छाै । बर्षाै देखि बाजाे बनेकाे दिपायल सिलगढिकाे मध्ये भागमा रहेकाे सरकारी जमिनकाे सदुपयाेग भएकाे उक्त स्थानमा अस्पताल बन्दैछ । सिलगढी खप्तड सड्क कालाेपत्रे भएकाे छ यी उदाहरण हुन् यस्ता साना ठुला कयाै कामहरु हामिले गरेका छाै ।

उनले थपे – हाे हामीले जागिर दिन सकेनाै एक घरका लागि काम गर्न सकेनाै तर समाजका लागि काम गरेका छाै, जनताका लागि काम गरेका छाै । नगरक्षेत्रमा एक घर एक राेजगार मेराे चुनावी नारा समेत थियाे अब हामी त्यसका लागि क्रियाशिल रहेका छाै ।

नगर संगठनका अध्यक्ष असाेक साेपकाेकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उक्त पार्टीका केन्द्रीय पाेलिटव्युराे सदस्य, केन्द्रीय सदस्य, सुदुरपश्चिम प्रदेश सभा सदस्य, पार्टी प्रदेश सदस्य तथा नगर स्तरका नेता कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रम दिपायल सिलगढी नगरपालिकाकाे सभाहलमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय