युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, बाजुराका विभिन्न ठाउँमा रहेका तत्कालीन राजाका दरबार (कोटघर) जीर्ण बन्दै गएका छन् । बाइसे चौबिसे राजाको पालामा निर्माण गरिएका दरबार (कोटघर) मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् ।

तत्कालीन राजा मुकुद्रबहादुर सिंहको पालादेखि निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–१, कुडीकोट दरबार पछिल्लो पुस्ताको बेवास्ताका कारण जीर्ण बन्दै गएको स्थानीय बुद्धिजीवी जहरसिंह थापाले बताउनुभयो ।

सो दरबार (कोटघर) मा एक पटक एक्कासि आगलागी हुँदा कुँडीका राजा राजेश सिंहले पुनर्निर्माण गरेका हुन् । त्यसपछि कहीँ कतैबाट मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको जानकारी उहाँले दिनुभयो । 

ऐतिहासिक तथा पुरातत्व रूपमा महत्वपूर्ण मानिएका कोटघरलाई अहिले पनि उत्तिकै चासोका साथ हेरिने गरिन्छ । खप्तड छेडेदह गाउँपालिका–१, काँडाकोट दरबार र बुढीगङ्गा नगरपालिका–१ को कुँडीकोट दरबार जीर्ण अवस्थामा छन् । 

२०७५/७६ सालमा स्थानीय सरकारले दरबार मर्मत सम्भार गरेको भए पनि पुनः निर्माण नहुँदा जीर्ण बन्दै गएका हुन् । बुढीगङ्गा–४ मा रहेको बार्जुकोट दरबार पनि भग्नावशेष अवस्थामा बदलिएको छ । 

प्रदेश सरकारको आर्थिक सहयोगमा बार्जुकोट दरबार भएको स्थानमा भ्युटावर निर्माण गरेको भए पनि दरबार भने भग्नावशेष अवस्थामा नै रहेको छ । पुराना ती दरबारको स्थानीय सरकारले जीर्णाेद्धार गर्न रकम विनियोजन गरेको बुढीगङ्गा–१ का वडाध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।

बार्जुकोट दरबारलाई पर्यटकीय क्षेत्र बनाएर संरक्षण गर्ने प्रयासस्वरूप सम्बन्धित पक्षसँग छलफल गरेका छौँ तर अझै सहमति हुन सकेको छैन, बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले बताउनुभयो ।गाेरखापत्रअनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय