बझाङ / बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका–४ आमरुखबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरिएकाे छ ।
मंगलबार राती पक्राउ पर्नेमा केदारस्युँ गाउँपालिका–९ का २९ वर्षीय प्रेमबहादुर बोहरा र सोही पालिका–८ का २८ वर्षीय सुनिल बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय दुर्घाथलीबाट खटिएको प्रहरीले सुदुपश्चिम प्रदेश ०१००९ प १४४० नम्बरको मोटरसाइकल जाँच गर्दा ६ केजी ६० ग्राम लागूऔषधसहित उनिहरूलाई नियन्त्रणमा लिएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











