कञ्चनपुर / कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका –३मा घर बनाउने क्रममा सिढी खसेर मिस्त्रीको मृत्यु भएको छ ।
साेहि ठाउँ खैरीघाटमा घरको सिढी निर्माणका क्रममा सिढी खस्दा साेहि ठाउँ बैवाहाका ठेकेदार तथा मिस्त्रीसमेत रहेका २८ वर्षीय सन्तोष डगौराको मृत्यु भएको बेलडाँडी गाउँपालिका–३ का वडा कार्यालयले जनाएको छ ।
मंगलवार मत्यु भएका सन्तोषको शव पोस्टमार्टमका लागि माहाकाली अस्पतालमा राखिएको जनाएको छ ।











