कैलाली / कैलालीमा जिल्लाको लम्कीचुहा नगरपालिका–३ मा जिपको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।
मंगलबार बिहान मृत्यु हुनेमा सोही नगरपालिका बादीटोलका ५९ वर्षीय कर्णबहादुर वादी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनलाई साेहि ठाउँ बल्चौरमा सुदुरपश्चिम प्रदेश ०१–००१ ज १२०८ नम्बरको जिपले ठक्कर दिएकाे हाे । ठक्करबाट गम्भीर घाइते भएका उनको लाल रत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ ।











