डाेटीमा पहलमान सिह स्वाँर राजमार्ग अबरुद्ध भएकाे छ ।
जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा न ५ अबस्थित पुन्नामा साेहिँ ठाउँका ३० वर्षीय समीर भट्ट मृत अबस्थामा फेला परेपछि बिहान करिव ११ बजेदेखि स्थानीयले सडक अबरुद्ध गरेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीका सहायक प्रहरी निरीक्षक नारायण सिंह नेगीका अनुसार स्थानीय मृतकाे शव शंकास्पद भएपछि घटनाको छानबिन गरी दाेषीलाई कार्वाहीकाे माग गरेका छन् ।
स्थानीयले भट्टकाे हात्याकाे आशंका गरेका कारण सडक अबरुद्ध गरिएकाे हाे । सडक अबरुद्धका कारण छाेटाे तथा लामाे दुरीका सवारीसाधनलाई आवतजावत गर्न बन्द गरिएकाे छ ।











