
सिलगढी / डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ मा एक युवक मृत फेला परेका छन् ।
मंगलवार बिहान ७ बजेको समयमा सोहि बडाको पुन्ना गाँउ बस्ने ३० वर्षीय समीर भट्ट मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । समीर मृत अबस्थामा सड्कको नालीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटी जानकारी दिएको छ।
भट्टको टाउको संगै शरिरका विभिन्न भागहरुमा चोट देखीएकाले भट्टका आफन्तले उनको हत्या भएको आशंका गरेका छन् । प्रहरीले घटना शंकास्पद भएकोले सोहि अनुसार घटनाबारे थप अनुसन्धन भई रहेको बताएका छन् । पोष्टमटमका लागी शवलाई जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भई रहेको प्रहरीले जानकारी दिएको छ ।