कैलाली / कैलालीबाट बझाङका १६ वर्षीय किशोर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा हाल कैलाली जिल्लाको जोशिपुर गाउँपालिका-५ बनकट्टा बहुनिया बस्दै आएका दिपक खातीका १६ वर्षीय छोरा शेरबहादुर खाती रहेका छन् ।
उनी गत शुक्रवारबाट सम्पर्क विहीन भएका छन् । साेहि दिन राति ८ बजे धनगढी चौराहाको सिसिटिभी फुटेजमा देखिए पनि अहिले सम्म सम्पर्क हुन नसकेको बिराज रावलले बताए। शेरबहादुरलाई कसैले देखे वा भेटेमा ८६५७३३०५४, ९८६५८५४९७० र ९८५८४२५७५३ मा सम्पर्क गरिदिन रावलले आग्रह गरे।











