दार्चुलाः दार्चुलाकाे महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका–८ मा दुई यात्रुवाहक बस एकआपसमा जुँधेका छन्।
जिल्लाकाे थप्तोलीमा दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको सु.प.प्र ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सु.प प्र ०१००१ ख २३९३ नम्बरको नगर बस एक आपसमा जुधेकेा जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुबै बसहरुमा क्षति भएको छ भने मानवीय क्षति नभएकाे प्रहरीकाे भनाइ छ । उक्त नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो।











