सुबास नेपाली
डाेटी,
शैलेश्वरी जात मेलालाई लक्षित गरि शैलेश्वरी परिसरमा हेल्थ डेस्क संचालन गरिएको छ। डोटी स्थित नेपाली सेनाको श्री भैरव प्रसाद गण,दिपायल सिलगढी नगरपालिका वडा नं ६ र स्वास्थ्य कार्यालय डोटीको सयुक्त आयोजनामा हेल्थ डेस्कको संचालन गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परिक्षित देउजाले बताउनुभयो ।
मेला भर्न आउने भक्तजन तथा सर्वसाधारणको सहजताका लागी हेल्थ डेस्क संचालन गरिएको दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेश मलासीले जानकारी दिनुभयो।
त्यसै गरि भैरव प्रसाद गणले मेलामा आउने श्रदालु भक्तजन र मेला हेर्न आउनेहरुलाई खानेपानीको व्यवस्था गर्नुका साथै मेलालाई व्यवस्थितरुपमा संचालन गर्नका लागि दिल्पेश्वर माध्यमिक बिधालयका १३ जना एन सि सि क्याडेट छात्र छात्राहरुलाई स्वयंसेवकको रुपमा परिचालन गरेको थियो।
डेस्कमा स्वास्थ्य समस्या लिएर आउने हरुलाई चेकजाँच गरि विभिन्न प्रकारका औषधि बितरण गरिनुका साथै स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सन्देश समाबेश भएका पर्चा पम्पलेट बितरण गरिएको थियो।
उक्त कार्यक्रममा भैरव प्रसाद गणका २० जना सकल दर्जाको सहभागीता रहेको थियो।











