बैतडी / बैतडी जिल्लाकाे सिगास गाउँपालिका –३ डुँडै नजिकै आज (सोमबार ) बिहान जिप दुर्घटना भएकाे छ ।
जिल्लाको पाटन नगरपालिका–१० ठाँटाबाट सिगास गाउँपालिका तर्फ गइरहेको सु प प्र ०४००१ च००४३ नम्बरको जिप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिपमा चालक मात्रै रहेका र उनी सकुशल रहेका बुझिएको छ भने जिप सडकबाट करीब डेढसय मिटर तल खसेर पूर्ण क्षतिग्रस्त भएकाे प्रहरी स्राेतले जनाएको छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।











