कञ्चनपुर/ कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–६ बाट प्रहरीले भन्सार छलिका अवैध सामान बरामद गरिएको छ।
आज (आइतबार ) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरी लुकाई राखेको अवस्थामा अन्दाजी ९ लाख ५४ हजार ७ सय मुल्य बराबरका सामान बरामद गरिएकाे छ ।
भन्सार छलेर कपडा, चिनि, दाल, मिश्री, मसला, मिठाई, चकलेट लगाएतका विभिन्न खाद्यान्नका सामानसहित कपडा बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरेका सामान भन्सार कार्यालय गड्डाचौकी पठाईएको कञ्चनपुर प्रहरी स्राेतकाे भनाइ छ ।











