युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला
सिलगढी,पछिल्लो आर्थिक वर्षयता करदाता सेवा कार्यालय डाेडीले लक्ष्य भन्दा बढी राजस्व संकलन गर्दै आएकाे छ ।

करदाता सेवा कार्यालय डाेटीले दिएकाे सुचना अनुसार पछिल्लो २ वर्षयताकाे तुलनामा वार्षिक लक्ष्यभन्दा बढी कर संगकलन गर्न सफल भएकाे देखिएकाे हाे ।

आर्थिक वर्ष २०७८/०७९ मा आयकर, बहाल कर, ब्याजकर, भूमि अन्त:शुल्क कर, अन्त:शुल्क र शिक्षा गरी १३ कराेड ७० लाखकाे लक्ष्य बाेकेकाे थियाे जसमा २३ कराेड ९० लाख ९८ हजार राजस्व संकलन गर्न सफल भएकाे छ । मासिक लक्ष्यलाई छिचोल्दै वार्षिक १७४.५२ प्रतिशतका दरले बढीकर संकलन गर्न सफल भएकाे प्राप्त सुचनामा उल्लेख गरिएकाे छ ।
त्यसैगरी गत आर्थिक वर्ष २०७९/०८० मा २८ कराेड २३ लाख २६ हजारकाे लक्ष्य रहेकाे थियाे भने जसमध्ये सम्पूर्ण करकाे विवरणबाट ३० कराेड ४१ लाख ५४ हजार कर संकलन गरिएकाे छ । संकलित प्राप्त करलाई प्रतिशतमा भन्दा १०७.७३ हुन आउँछ ।

त्यस्तै चालू आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयकाे ३७ कराेड ३६ लाख ८५ हजार रहेकाे छ । अहिलेसम्म सम्पूर्ण करबाट ६ कराेड १८ लाख १६ हजार कर संकलन गरिएकाे छ ।

यसरी दुई वर्षकाे संकलित करलाई र चालू आर्थिक वर्षको करकाे लक्ष्यलाई हेर्दा करदाता सेवा कार्यालय डाेटीले बढीकाे लक्ष्य बाेकेकाे देखिन्छ । पछिल्ला दुई वर्षकाे तुलनामा लक्ष्य भन्दा बढि राजस्व संकलन भएकाले चालू आर्थिक वर्षमा पनि बढि राजस्व उठ्ने अनुमान गरेकाे कार्यालयले जानकारी दिएकाे छ ।

करदाता सेवा कार्यालय डाेटीका निमित्त प्रमुख वीर बहादुर ठगुन्नाका अनुसार पछिल्ला वर्षहरूमा करदाताकाे संख्या पनि वृद्धि हुँदै गएकाे जानकारी दिएकाे छ । वि.स २०७७ सालसम्म करदाताकाे संख्या ४ हजार ९ सय ५० मात्रै थियाे । आर्थिक वर्ष २०७७/०७८ मा ६ हजार ६३ पुगेकाे छ भने आर्थिक वर्ष २०७८/७९ मा ८ हजार ६ सय ५४ पुगिसकेको छ । त्यसैगरी गत आर्थिक वर्ष २०७९/८० मा करदाताकाे संख्या ११ हजार ५ सय ८२ पुगिसकेको छ ।

चालू आर्थिक वर्ष २०८०/०८१ मा १२ हजार ३ सय ४६ रहेकाे छ । यसरी पछिल्ला ३ वर्षकाे तुलनामा करदाता सेवा कार्यालय डाेटीमा करदाताकाे संख्या ह्वात्तै बढेकाे पाइन्छ ।

प्रमुख ठगुन्नाले भन्नू भयाे ” बजार अनुगमनलाई निरन्तरता दिएर सुर्तीजन्य तथा अवैध मदिरा बिक्रीवितरणलाई राेक लगाउने जानकारी दिएकाे छ । स्थानीय ठाउँहरूमा दर्ता नभएका व्यवसायहरूलाई दर्ताकाे दायरामा ल्याउने गरि अगाडि बढ्ने जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय