दार्चुला / दार्चुला जिल्लाको मार्मा गाउँपालिका–४ मा करेन्ट लाग्दा एक महिला घाइते भएकी छन् ।
घाइते हुनेमा साेहि ठाउँ बसन्त टोलकी ३६ वर्षीया गोपा धामी रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
डाले घाँस काट्ने क्रममा विद्युतको सर्विस लाइनमा छुन गई करेन्ट लागेको हाे । घाइते धामीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएकाे दार्चुला प्रहरीले जनाएको छ ।











