बैतडी – दार्चुलाको शैल्यशिखर नगरपालिका –३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका –रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको पुल भाँसिएकाे छ ।
पुलकाे दार्चुलातर्फको मुख्य पिल्लर मुनिकाे जमिन भासिएकाले दुर्घटनाकाे जाेखिम बढेकाे यात्रहरूले बताएका छन् ।
। उक्त पुलबाट दैनिक थुप्रै साना ठूला सवारी साधन जाेखिम माेलेर आवतजावत भैरहेकाे स्थानीयले जनाएको छ ।
पुल भासिएको खबर प्राप्त भएपछि र पुलको स्थलगत अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाको टाेली खटिएकाे छ । थप यस विषयमा जानकारी आउन बाँकी छ ।
कर्कले पुलकाे बाटाे भएर बैतडीको रुद्रेश्वर, सिमार, गण्न्ना लगायतका क्षेत्रमा पुग्न सकिन्छ भने दार्चुलाको चमेलिया जलविद्युत आयोजना, बिटुले, मार्मा, अपिहिमालको मकिरागाड सम्म पुग्न सकिन्छ ।











