युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला
सिलगढी, करदाता सेवा कार्यालय डाेटीले उत्कृष्ट पाँच जना करदातालाई सम्मान गरिएकाे छ ।

बाह्राै राष्ट्रिय कर दिवसकाे अवसरमा कर सप्ताह पश्चात् आज ( बिहीबार) एक ओैपचारिक कार्यक्रम गरी उत्कृष्ट पाँच जना करदाता र कार्यालयमा कार्यरत कर्मचारीलाई सम्मान गरिएकाे हाे ।

“स्वच्छ, परदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने मूल नाराकासाथ आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट करदाताकाे रूपमा दिपायल सिलगढी नगरपालिका ५ एस. जी फ्युल सेन्टरका सञ्चालक प्रेमबहादुर भण्डारी सम्मानित भएका छन् । उनले १० लाख १० हजार ८ सय ९२ रूपैयाँ कर दाखिला गरेर जिल्लाकै सबैभन्दा उत्कृष्ट करदाताकाे रूपमा छनाेट भइ सम्मानित भएका छन् । त्यस्तै करदाताकाे दाेस्राे स्थानमा डाँफे. पिएस. जे भीका सञ्चालक प्रेमशंकर भट्ट रहेका छन् । भट्टले ५ लाख ९४ हजार ९२ कर दाखिला गरेर उत्कृष्ट करदाताकाे रूपमा जिल्लाकै दाेस्राे स्थान पर्न सफल भएकाे करदाता सेवा कार्यालय डाेटीले जानकारी दिएकाे छ ।

५ लाख ५४ हजार ८ सय ६ रूपैयाँ कर दाखिला गरेर बड्डा सप्लायर्स दिपायलका याेगेन्द्र सिं माझी तेस्रो करदाताकाे रूपमा छनाेट भएका छन् । त्यस्तै ५ लाख ४१ हजार ५ सय ६२ कर दाखिला गरि चाैथाे स्थानमा जे. बी ट्रेडर्स दिपायलका जंगबहादुर रावल छनाेट भएका छन् । पाँचौ स्थानमा ४ लाख ९५ हजार ९ सय ३७ कर दाखिला गरि साेभा ट्रेडर्स एण्ड अडर सप्लायर्सका सञ्चालक गाेपाल सिंह भाट सम्मानित भएका छन् । अन्य कार्यक्रममा उपस्थित सम्पूर्ण व्यवसायीहरूलाई समेत सम्मान गरिएकाे छ ।

त्यस्तै उत्कृष्ट कर्मचारीकाे रूपमा स्थापना कालदेखि डाटा इन्ट्री सुपरभाइजरकाे रूपमा कार्यरत हिक्मत मलासी र कर कार्यालय सहयोगी प्रेम बहादुर मलासीलाई पनि सम्मान गरिएकाे छ ।

पेशागत नैतिकता कायम गर्दै राज्यकोष बढ्ने गरी कर संकलन कार्यलाई अझै प्रभावकारी बनाउन प्रमुख सहायक जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए ।

जिल्ला समन्वय समिति डाेटीका प्रमुख लक्ष्मण बहादुर सिंहका अनुसार कर संकलन गर्न सबैभन्दा ठूलाे हात उद्योग बाणिज्य संघकाे रहेकाले बाणिज्य संघले विशेष भूमिका खेल्नु बताए । सरकारकाे नीतिलाई टेकेर स्थानीयतहका कुनाकन्देरामा गई अनुगमन गरेर कर तिर्नुपर्छ भन्ने भावना तथा सन्देशकाे विकास गर्न प्रमुख सिंहले आग्रह गरेका छन् । पछिल्लो समयमा व्यापारीहरूमा मिसम्याचकाे समस्या देखा परेर व्यापारी मर्कामा परेकाले त्यसकाे समाधान गर्न आवश्यक देखिएकाे सिंहले बताए ।
डाेटी जिल्ला भरी आर्थिक वर्ष २०७८/७९ मा जम्मा २३ कराेड ९० लाख ९८ हजार लक्ष्यभन्दा बढी कर संकलन गरेकाे करदाता सेवा कार्यालय डाेटीका निमित्त कार्यालय प्रमुख बिरबहादुर ठगुन्नाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय