युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली / सुनको गहनाका लागि कञ्चनपुरमा एक महिलाको हत्या गरेको खुलेको छ। गत कार्तिक १९ गते जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरकी ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको थियो। शुक्लाफाँटा–७ कै महेश डगौराले नारुदेवीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी नारुदेवीको हत्या भएको थियो। नारुदेवीको हत्या गरेकै दिन डगौराले २५० रुपैयाँका लागि एक भारतीय नागरिकलाई समेत लुटपाट गरेका थिए। त्यसअघि १४ कार्तिकमा उनले झलारीका महेश भट्टको साइकल चोरेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा साइकल चोरी र भारतीय नागरिकलाई लुटपाटमा संलग्न महेश डगौराले नै नारुदेवीको हत्या गरेको स्वीकार गरेको बताए। उनी लागुऔषध दुव्र्यसनीसमेत रहेको प्रहरीले जनाएको छ। डगौराले घाँस काट्न सघाइदिने भन्दै एक्लै जंगल गएकी नारुदेवीको पिछा गरेका थिए।

नारुदेवीले लगाएका गहना सक्कली वा नक्कली हो भन्ने सोधपुछपछि एकिन गरेर घाँटी च्यापेर हत्या गरेको उनले स्विकार गरेको एसपी थापाले बताए। बृद्धाको हत्यापछि लुटपाट गरेको सुन बिक्रिका लागि महेश कैलालीको धनगढी गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

‘हत्या गरेकै दिन महेशले बोराडाँडी भाटभटेनी नजिक एलएक्स क्लबका संचालक कैलाली गाउँका लक्ष्मण चौधरीको डेरामा गएर सुन बिक्रिका लागि छलफल गरेको देखिन्छ,’ एसपी थापाले भने, ‘कान र नाकमा लगाएका तीन थान गहना तीन पसलमा बेचेको देखियो।’ महेश २० कार्तिकमै धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बई ब्याङलोर भागेका थिए। प्रहरीले विभिन्न व्यक्तिसंग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर मंसिर १ गते पक्राउ गरेको थियो।

सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीसँग सोधपुछ गर्दा धनगढीस्थित ईन्द्र बराल (सुनार)ले संचालन गरेको न्यू बर्दादेवी सुनचाँदी पसल, खगेन्द्रबहादुर सोबले संचालन गरेको दिया सुनचाँदी पसल र दिपेन्द्र सिजापतीले संचालन गरेको सुजल सुनचाँदी पसलमा बिक्रि गरेको खुलेको छ।

सुन बिक्रिका लागि डगौराले सहकर्मी लक्ष्मण चौधरी र निरज भट्टलाई पठाएको पाइएको छ। चौधरीले निरज भट्टलाई सुन बिक्रिका लागि तीनै पसलमा लगेका थिए। तीनै पसलमा गरी ४६ हजारको सुन बेचेको प्रहरी अनुसन्धानले देखाएको छ। हत्यापछि १ दशमलव ५० आनाको फुली, १ दशमलव ६९ आनाको मुन्द्रा र २ दशमलग ७ सय आनाको अर्के मुन्द्रा लुटपाट भएको थियो।

नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बेच्न जाने लक्ष्मण चौधरी, निरज भट्ट र सुन किन्ने ईन्द्रबहादुर बराल, खगेन्द्र सोब र दिपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ। सुनचाँदी पसलधनीहरुले लक्ष्मण चौधरी र निरज भट्टले आफूहरुसँग श्रीमती बिरामी भएकाले इमर्जेन्सीमा सुन बेच्न आग्रह गरेपछि किनिदिएको बताएका छन्। कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले पाँचजना विरुद्ध फरकफरक मुद्दा आकर्षित हुने बताए। महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार र सुन पसलधनीहरु विरुद्धमा गैरकानुनी सुन खरिद बिक्रिको मुद्दा लगाउने तयारी गरेको छ।दिनेशखबर

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय