मनमाेहन ठकुल्ला
सिलगढी,
सामाजिक विकास कार्यालय डोटीले जिल्ला भित्रका आयाेगकाे तयारी गर्ने र गरिरहेका ६० जना महिलाहरूलाई सहयाेग गर्ने भएकाे छ ।
मंगलबार एक सुचना जारी गर्दै लोक सेवा तथा शिक्षक सेवा आयाेगका तयारी कक्षा लिन इच्छुक महिलालाई सहयाेग गर्ने जानकारी दिएकाे छ । जिल्ला स्थायी ठेगाना भई लोकसेवा (खरिदार, नासु वा सो सरह)/ शिक्षक सेवा (आधारभूत तह प्रथम पत्र) तयारी कक्षा लिइ रहेका वा लिन चाहने लक्ष्यित समुहका महिलाहरुलाई प्राथमिकतामा राख्ने गरि ६० काेटा आवेदन माग गरेकाे निमित्त प्रमुख जयदेव महराले जानकारी दिएकाे छ ।
महिला सशक्तीकरणमा सहयाेग कार्यक्रम मार्फत विधि र प्रक्रिया अनुसार छनौट गरी प्रतियोगितात्मक परीक्षाको लागि आवेदन आवेदन खुल्ला गरिएकाे छ । आवेदन यहीँ मङ्सिर मसान्त भित्र कार्यालयको इमेल [email protected] मा आइपुग्ने गरि पेश गर्न सरोकारवाला व्यक्तिहरूलाई जानकारी गराइएकाे छ । आवेदन पेस गर्नकाे लागि विवरण स्पष्टसँग भरि सम्बन्धित वडा कार्यालयबाट अनिवार्य रुपमा प्रमाणित गरि मंसिर मसान्त भित्र फाराम पेश गर्न कार्यालयले आह्वान गरिसकेकाे छ ।
उहाँले भन्नु भयाे ‘ कार्यालयसँग ५ लाख बजेट छ, यदि ६० जना भन्दा बढि उमेदवारले आवेदन दर्ता गरेमा पनि महिला सशक्तीकरणमा याेगदान दिन ३० दिने कार्यक्रममा सबैलाई समावेश गराउने निमित्त प्रमुख महाराले जानकारी दिएकाे छ ।
प्राप्त विनियोजित बजेटलाई सहभागीको संख्याको आधारमा बाडफाड गरिने भएकाे छ । छनौट भएका सेवाग्राहीले कोचिंङ कक्षा पढाउने संस्था (सेवा प्रदायक) स्वयं छान्नु पर्नेछ भने कोचिङ कक्षा पढाउने संस्थाको खातामा आवश्यक कागजात प्राप्त भएपछी रकम भुक्तानी गरिने महराले बताए । भुक्तानी प्रक्रिया यहीँ फागुन मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने भएकोले ढिलो गरि कागजात प्राप्त भएमा भुक्तानी गरिने छैन भनेर जारी सुचनामा उल्लेख गरिएकाे छ ।
कार्यालयले जारी गरेकाे सुचना अनुसार तयारि कक्षा आफ्नो सुविधा अनुसार नेपालको जुनसुकै स्थान बाट भौतिक तथा अनलाइन दुवै विधिकाे माध्यमबाट लिन सकिने भएकाे छ । कक्षा संचालन गर्ने संस्था प्रचलित नियमानुसार स्थापित तथा आधिकारिक निकायमा दर्ता भएको हुनुपर्ने भएकाे छ । उम्मेदवार छनौट गर्दा विपन्न, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्ने भएकाे छ ।
अवसर नपाएका महिलालाई प्राथमिकतामा राखेर गत वर्ष अनुदान प्राप्त गरेका व्यक्तिहरूलाई यस वर्षकाे कार्यक्रममा भने बञ्चित गराएकाे छ ।











