सिलगढी / हालसम्म देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेने भएकाे छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएकाे छ । त्यस्तै सुदुरपश्चिम र लुम्बिनी प्रदेशकाे माैसम सामान्यतया सफा रहेकाे महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएकाे छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन जल तथा माैसम विज्ञान विभागले अनुरोध गरेकाे छ ।











