कैलाली / कैलालीको धनगढी उपमहानगरपालिका- १२ बाट एक मोटरसाइकल चोरी भएको छ ।
साेमबार राती जुगेडा बस्ने चन्द्र बोहराको घर अगाडि पार्कीङ्ग गरी राखेको सु प प्र ०१००८ प ६९५ नम्बरको प्लसर मोटरसाइकल चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चाेरी माेटरसाइकल र चाेरकाे खाेजिकार्य भैरहेकाे प्रहरी स्राेतले जनाएको छ ।











