कैलाली / कैलालीमा एक घरमा आगलागी भएकाे छ । जिल्लाकाे चुरे गाउँपालिका-१ को मेलवास स्थित खर र काठबाट बनेको कच्ची घरमा आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उक्त आगलागीबाट घरभित्र रहेका २० लाख बराबरकाे धनमालकाे क्षति भएकाे छ । आगलागीबाट मानवीय क्षति भने हुन पाएकाे छैन् ।
घर बाहिर बालेको आगो घरमा सल्किएर आगलागी भएको प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ ।











